यु–१९ एसिया कपमा नेपालको झिनो हार (फोटो फिचर्स)

काठमाडौं (खेलदैनिक) । एसीसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले शनिबार पहिलो खेलमा बंगलादेशसँग २ विकेटको झिनो हार बेहोरेको छ ।

बर्षाले प्रभावित खेलमा टस हार्दै पहिले ब्याटिङ्गको निम्तो पाएको नेपालले १६७ रन बनाएको थियो ।

नेपालका लागि भिम सार्कीले सर्वाधिक ४४ रन बनाए भने रोहित कुमारले ४० रनको योगदान दिए । त्यस्तै आशिफ शेखले ३० रन बनाए ।

उता दोस्रो इनिङ्ग पनि बर्षाले प्रभावित भएपछि बंगलादेशलाई ४० ओभरमा १८१ रनको लक्ष्य दिइएको थियो ।

जुन लक्ष्य बंगलादेशले ३९.५ ओभर खेल्दै ८ विकेटको क्षतिमा भेट्टाएको थियो । बंगलादेशका लागि ओपनगर नईम शेखले सर्वाधिक ५२ रनको अर्धशतकीय पारी खेले । त्यस्तै अफिफ होसेनले ३३ रनको योगदान दिए ।

बलिङ्गतर्फ नेपालका लागि सन्दिप लामिछाने र कमल सिंहले २–२ विकेट हात पारे । त्यस्तै अनिल साह, दिपेन्द्र सिंह ऐरी र किशोर महतोले १–१ विकेट लिए ।

प्रतियोगिता अन्तरगत नेपालले आफ्नो दोस्रो खेल दावेदार भारतसँग आइतबार खेल्नेछ ।

(तस्विरहरु नेपाल खेलकुद पत्रकार मञ्च)


प्रतिक्रिया दिनुहोस

Loading...