जितका साथ एसिया कपको यात्रा शुरु गर्ने प्रशिक्षक दासको योजना

नेपाली यु–१९ क्रिकेट टोलीका प्रशिक्षक बिनोद दास । (तस्विर नेपाल खेलकुद पत्रकार मञ्च)

काठमाडौं (खेलदैनिक) । एसीसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले शनिबार आफ्नो पहिलो खेल बंगलादेशसँग खेल्दैछ ।

भर्खरै बंगलादेशसँग उसैको घरमा तीन अभ्यास खेल खेलेर मलेसिया पुगेको नेपाली टोली प्रतियोगितामा उत्कृष्ट शुरुवात गर्ने लक्ष्यमा छ ।

बंगलादेशविरुद्धको खेललाई लिएर नेपाली यु–१९ क्रिकेट टोलीका प्रशिक्षक बिनोद दास पनि उत्साहित छन् ।

प्रशिक्षक दास भन्छन् “यो हाम्रो लागि निकै महत्वपूर्ण खेल हो । प्रतियोगितामा उत्कृष्ट शुरुवात गर्ने यो एउटा अवसर पनि हो । हामी आफ्नो योजना अनुसार खेल्दै बिपक्षीलाई कडा चुनौति दिनेछौं ।”

प्रशिक्षक दासले मलेसियाको मौसमलाई पनि अनुमान लगाउन नसकिने बताए । साथै उनले नेपाली खेलाडीहरुको स्वास्थ्य स्थिति पनि महत्वपूर्ण रहेको बताउँदै उनले आफ्नो खेलाडीहरुमाथि पूर्ण विश्वास रहेको बताए ।

आयोजक मलेसिया, साविक विजेता भारत र बंगलादेशसँगै समूह ए मा रहेको नेपालले शनिबार नेपाली समय अनुसार बिहान ७१५ मा बंगलादेशको सामना गर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...