नेपाल र हङकङबीचको आज हुने खेल सोमबारका लागि सारियो

काठमाडौं (खेलदैनिक) । आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत नेपाल र हङकङबीचको दोस्रो खेल खराब मौसमका कारण सारिएको छ ।

हङकङमा हाल खेल हुने स्थानमा वर्षा भईरहेको र सामुन्द्रिक आँधीको पनि अनुमान गरिएकोले आइतबार हुने खेल सोमबारका लागि सारिएको हो ।

आफ्नो पहिलो खेलमा हङकङसँग ८३ रनले हारेको नेपालको विश्वकप क्रिकेटको छनौट खेल्ने सम्भावना कठिन भईसकेको छ ।

लिगतालिकाको शिर्ष चारभित्र पर्ने टोलीहरुले विश्वकप छनौट खेल्न पाउने छन् । नेपालले शिर्ष चारभित्र पर्न अब आफ्नो सबै खेल जित्नुपर्नेछ भने अन्य टोलीहरुको नतिजा पनि पर्खनु पर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...