अन्तिम अभ्यास खेलमा नेपाल झिनो अन्तरले पराजित

नेपाली क्रिकेट टोली मैदानमा प्रवेश गर्ने क्रममा ।(तस्विर विकेटनेपाल)

काठमाडौं (खेलदैनिक) । अभ्यास खेलका लागि भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले चौथो तथा अन्तिम अभ्यास खेलमा पराजय बेहोरेको छ ।

सोमबार नेपालले चौथो अभ्यास खेलमा भारतको सेन्टर अफ स्पोर्टस् साइन्स (सिएसएस) सँग ५ रनको झिनो अन्तरले पराजय बेहोरेको हो ।

टस जित्दै पहिले ब्याटिङ रोजेको सिएसएसले आफ्नो सम्पूर्ण विकेट गुमाएर २१५ रन बनाएको थियो ।

बलिङतर्फमा नेपालका लागि सुशन भारीले सर्वाधिक ३ विकेट लिए । त्यस्तै करन केसी र सन्दिप लामिछानेले २–२ विकेट लिए भने सोमपाल कामी र सागर पुनले १–१ विकेट हात पारे ।

उता २१६ रनको जवाफी लक्ष्य पछ्याउँदै क्रिजमा उत्रिएको नेपाली टोली भने २१० रनमा अलआउट हुन पुग्यो ।

नेपालका लागि ओपनरद्वय सागर पुन र पारस खड्काले क्रमश ६९ र ४९ रनको योगदान दिए । त्यस्तै दिपेन्द्र ऐरीले ४५ रन बनाए भने अन्य कुनै नेपाली ब्याट्सम्यानले गतिलो योगदान दिन सकेनन् ।

यसअघिका अभ्यास खेलहरुमा उत्कृष्ट प्रदर्शन गरेका ज्ञानेन्द्र मल्लको अनुपस्थिति र अभाव आजको नेपाली ब्याटिङ लाईनमा खड्किएको स्पष्ट देखिन्थ्यो ।

 

 


प्रतिक्रिया दिनुहोस

Loading...