शरदको शतकमा नेपालको लगातार तेस्रो जित

तामिलनाडुविरुद्ध ब्याटिङका लागि मैदानमा प्रवेश गर्ने क्रममा नेपाली ब्याट्सम्यान । (तस्विर विकेटनेपाल)

काठमाडौं (खेलदैनिक) । अभ्यास खेलका लागि भारत भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले लगातार तेस्रो जित हात पारेको छ ।

लगातार तेस्रो जित दर्ता गर्ने क्रममा नेपालले तामिलनाडु ए लाई १४७ रनको फराकिलो अन्तरले पराजित गर्यो ।

चेन्नईमा टस जित्दै पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३११ रनको विशाल योगफल तयार पारेको थियो ।

उत्कृष्ट ब्याटिङको नमूना पेश गरेको नेपालका लागि शरद भेषवाकरले शतकीय पारी खेले । त्यस्तै ओपनर सागर पुन र दिपेन्द्र सिंह ऐरीले क्रमश ७७ र ७३ रनको योगदान दिए ।

उता विशाल लक्ष्य पछ्याएको तामिलनाडु भने ४५.३ ओभर खेल्दै १६४ रनमा अलआउट हुन पुगेको थियो ।

बलिङतर्फ नेपालका लागि सन्दिप लामिछानेले सर्वाधिक ३ विकेट लिए । त्यस्तै करन केसी र सुशिल कंडेलले २–२ हात पारे भने ललित भण्डारी, बसन्त रेग्मी र दिपेन्द्र सिंह ऐरीले १–१ विकेट आफ्नो नाममा लेखाए ।


प्रतिक्रिया दिनुहोस

Loading...