नेपाललाई उपाधि, यु–१९ एसिया कपका लागि छनौट

(तस्विर एसियन क्रिकेट आउन्सिल)

काठमाडौं (खेलदैनिक) । मलेसियामा सम्पन्न एसीसी यु–९ पूर्वी क्षेत्र क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जित्न सफल भएको छ ।

फाइनलमा हङकङलाई ५ विकेटले हराउँदै उपाधि जित्न सफल भएको हो । नेपालले आफ्नो शतप्रतिशत अपराजित यात्रालाई फाइनलसम्म कायम राख्यो ।

आइतबार भएको फाइनलमा टस जित्दै पहिले फिल्डिङ रोजेको नेपालले हङकङलाई ३२.१ ओभर खेल्दै ७६ रनमा अलआउट गरेको थियो । हङकङका लागि ओपनर हरप्रित सिंहले सर्वाधिक २० रनको योगदान दिए ।

बलिङतर्फ नेपालका लागि शहाब आलम र सन्दिप लामिछानेले ३–३ विकेट लिए भने अनिल साह र दिपेन्द्र ऐरीले १–१ विकेट हात पारे ।

उता ७७ रनको लक्ष्य पछ्याएको नेपालले १४.४ ओभर खेल्दै आफ्नो पाँच विकेटको क्षतिमा ७९ रन बनाएर जित हासिल गर्न सफल भएको थियो ।

नेपालको जितमा दिपेन्द्र सिंह ऐरीले सर्वाधिक २२ रन बनाए । त्यस्तै ओपनर सन्दिप सुनारले १९ रन बनाए भने प्रनित थापा मगर १९ रनमा नटआउट रहे ।

जितसँगै नेपाल आउँदो नोभेम्बरमा मलेसिया मै हुन गईरहेको यु–१९ एसिया कपका लागि छनौट भएको छ ।

 


प्रतिक्रिया दिनुहोस

Loading...