एसिया कप छनौटका लागि अण्डर–१९ प्रारम्भिक नेपाली क्रिकेट टोलीको घोषणा

(तस्विर क्रिकेटिङनेपाल डटकम)

काठमाडौं । नेपालले सहभागिता जनाउन गईरहेको यु–१९ एसिया कप क्रिकेट छनौटका लागि प्रारम्भिक टोलीको घोषणा गरिएको छ ।

मलेसियामा हुने एसीसी यू–१९ एसिया कप छनोटका लागि मुख्य प्रशिक्षक जगत टमाटा र यू–१९ प्रशिक्षक विनोद दासले २८ सदस्यीय टोली आइतबार सार्वजनिक गरेका हुन् ।

टोलीमा सन्दिप लामिछाने, अनिलकुमार साह, रोहितकुमार पौडेल, किशोर महतो, सन्दिप सुनार, ललित राजवंशी, प्रकाश केसी, पवन सरार्फ, दिपेन्द्र सिंह ऐरी, रिजन ढकाल र प्रनित थापा मगर छन् ।

त्यसैगरी शाहब आलम, सन्दिप जोरा, अदिल खान, आसिफ शेख, नारद यादव, विक्रमकुमार भुसाल, रासिद खान, सुसान्त सिंह थापा, कमल सिंह ऐरी पनि प्रारम्भिक टोलीमा पर्न सफल भएका छन् ।

आउँदो भदौ २ गते शुक्रबारदेखि शुरु गरिने बन्द्र प्रशिक्षणमा सुमित महर्जन, जितेन्द्र सिंह ठकुरी, मिनास थापा, अंकित सुवेदी, हरि चौहान, अभिनास कर्ण, भिम सार्की र रविन्द्र जंग शाही पनि परेका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...