नेपाललाई १ सय ९६ रनको लक्ष्य

काठमाडौं (खेलदैनिक) । आइसीसी यु–१९ विश्वकप छनौटको अन्तिम तथा निर्णायक खेलमा नेपालले १ सय ९६ रनको लक्ष्य पाएको छ ।

पहिले ब्याटिङ गरेको अफगानिस्तानले इब्राहिम जदरनको शतकीय पारीको सहयोगमा १ सय ९५ रन बनाएको छ । इब्राहिमले शानदार शतकीय पारी खेल्ने क्रममा १ सय १ रनको योगदान दिए । त्यस्तै इकरम फैजीले २४ रन बनाए भने ओपनर नावेद ओवेदले २२ रनको योगदान दिए ।

बलिङतर्फ शहाब आलमले ४ विकेट लिएका छन् भने दिपेन्द्र सिंह ऐरीले ३ विकेट लिए । त्यस्तै सन्दिप लामिछाने र पवन सर्राफले १–१ लिएका छन् ।

केहीबेरमा नेपालले जवाफी ब्याटिङका लागि मैदानमा उत्रिदैछं ।


प्रतिक्रिया दिनुहोस

Loading...