
(तस्विर : रमन शिवाकोटी)
काठमाडौं (खेलदैनिक) । आइसीसी यु–१९ विश्वकप क्रिकेट छनौट प्रतियोगिता अन्तरगत नेपाल र अफागानिस्तान आज भिड्दै छन् ।
सिंगापुर क्रिकेट क्लब मैदानमा टस जित्दै नेपालले पहिले फिल्डिङ रोजेको छ । अफगानिस्तानले भने ब्याटिङ गरिरहेको छ ।
निर्णायक मानिएको आजको यी दुई बीचको खेलमा जित हात पार्ने टोलीले आगामी वर्ष न्यूजिल्याण्डमा हुने आइसीसी यु–१९ विश्वकप क्रिकेटमा छनौट हुनेछन् ।
छनौट चरण अन्तरगत आज नै मलेशिया र सिंगापुर पनि भिड्दै छन् ।