यु–१९ क्रिकेट विश्वकप छनौटमा नेपालको लगातार दोस्रो जित

काठमाडौं (खेलदैनिक) । सिंगापुरमा जारी आइसीसी यु–१९ विश्वकप क्रिकेट छनौट अन्तरगत नेपालले लगातार दोस्रो जित हात पारेको छ । लगातार दोस्रो जित हात पार्ने क्रममा नेपालले मलेशियालाई ५ विकेटले पराजित गरेको छ ।

मंगलबार सिंगापुर क्रिकेट क्लब मैदानमा टस जित्दै पहिले फिल्डिङ रोजेको नेपालले कसिलो बलिङ गर्दै मलेशियालाई ५८ रनै अलआउट गरेको थियो । मलेशियाका कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक समेत जोड्न सकेनन् ।

बलिङतर्फ नेपालका कप्तान सन्दिप लामिछानेले लगातार दोस्रोपटक ५ विकेट लिए । उनले सोमबार सम्पन्न सिंगापुरुद्धको खेलमा पनि ५ विकेट लिएका थिए । त्यस्तै पवन सर्राफले ३ विकेट लिए भने सन्दिप सुनार र किशोर महतोले १–१ विकेट हात पारे ।

उता ५९ रनको झिनो लक्ष्य नेपालले ९ दशमलव ५ ओभर खेल्दै ५ विकेटको क्षतिमा भेट्टाएको थियो । नेपालका लागि आशिफ सेखले सर्वाधिक २३ रनको योगदान दिंदै टोलीको जितमा महत्वपूर्ण भूमिका निर्वाह गरे । त्यस्तै प्रनित थापा मगरले १८ रनको नटआउट पारी खेले ।

बलिङतर्फ नेपालका हाफिजुद्दिनले सर्वाधिक ३ विकेट लिए । प्रतियोगिता अन्तरगत नेपालले अब आफ्नो निर्णायक खेल बिहीबार अफगानिस्तानसँग खेल्नेछ ।

 


प्रतिक्रिया दिनुहोस

Loading...