आइसिसि एसिया यु १९ वर्ल्डकप छ्नौट चरण अन्तर्गत नेपालले सिंगापुरलाई ४ विकेटले पराजित गरेको छ।
नेपालले सिङापुरलाई मात्र ७३ रनमा समेटेको थियो। टस जिती पहिला बलिङ गरेको नेपालले उत्कृष्ट खेल प्रस्तुत गर्यो।
नेपालका लागि कप्तान सन्दिप लामिछानेले एक्लैले ५ विकेट लिन सफल भए। शाहअब अलामले ३ विकेट लिन सफल भए भने महतोले अर्को १ विकेट लिए।
जवाफि ब्याटिङमा नेपालले ६ विकेट गुमाएर जित हात पारेको हो।
नेपाल र सिंगापुरसँगै अफगानिस्तान र मलेसियासम्मिलित प्रतियोगिताको विजेता अर्को वर्ष न्युजिल्यान्डमा हुने आईसीसी यू–१९ विश्वकपमा छानिने छन्।
डबल राउन्ड रोबिनमा हुने खेलमा नेपालले ३ गते मलेसियासँग खेल्नेछ। ४ गते आराम गरेर नेपालले ५ गते अफगानिस्तानसँग खेल्नेछ।
लिगमा सर्वाधिक अंक ल्याउने टोली विजेता बन्नेछ । मलेसिया र सिंगापुर एसियाली छनोट पार गरेर यस प्रतियोगितामा आएका हुन्। नेपाल र अफगानिस्तानलाई सिधै विश्वकप छनोट खेल्न दिइएको हो। डेढ वर्षअघि बंगलादेशमा भएको यू–१९ विश्वकपमा नेपाल क्वाटरफाइनलसम्म पुगेको थियो । अफगानिस्तान वान डे अन्तर्राष्ट्रिय मान्यताप्राप्त राष्ट्र हो।