सिंगापुर जाने यु–१९ क्रिकेट टोलीको घोषणा

काठमाडौं (खेलदैनिक) । आइसीसी यु–१९ विश्वकप छनौट खेल्ने नेपाली यु–१९ क्रिकेट टिमको अन्तिम नामावली सार्वजनिक भएको छ ।

सन्दीप लामिछानेको कप्तानीमा १४ सदस्यीय नेपाल यु–१९ क्रिकेट टिमको घोषणा भएको हो । भारत भ्रमणमा रहेको नेपाली युवा टोलीले पाँचौं अभ्यास खेल खेलेपछि नेपाली टोलीको अन्तिम नामावली सार्वजनिक गरिएको हो ।

टोलीमा भरपर्दा आक्रमक ब्याट्सम्यान दिपेन्द्र सिंह एरी सहित आशिफ सेख, सन्दिप सुनार, प्रकाश केसी, अनिल कुमार सह र पवन सर्राफ छन् ।

त्यसैगरी ललित नारायण राजवंशी, प्रनित थापा, किशोर महतो, आदिल खान, रिजन ढकाल, शाहब आलम र रोहित कुमार पौडेल छन् ।

त्यस्तै बिक्रमकुमार भुसाल, सन्दिप जोरा, सुशान्तसिंह थापा र रसिद खान वैकल्पिक खेलाडीका रुपमा छनौट भएका छन् ।

आइसीसी यु–१९ विश्वकप छनौट अन्तरगत नेपालले आयोजक सिंगापुरसहित मलेशिया र अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । डबल राउण्ड रोविन लिगका आधारमा हुने छनौट खेलको शिर्ष स्थानमा रहने टोली आगामी वर्ष न्यूजिल्याण्डमा हुने आइसीसी यु–१९ विश्वकप क्रिकेटका लागि छनौट हुनेछ ।

 


प्रतिक्रिया दिनुहोस

Loading...