दिल्लीमा नेपाली यु–१९ क्रिकेट टिमको अभ्यास जारी

काठमाडौं (खेलदैनिक) । नेपाली राष्ट्रिय यु–१९ क्रिकेट टिमले भारतस्थित नयाँदिल्लीमा आफ्नो नियमित अभ्यासलाई निरन्तरता दिएको छ ।

आइसीसी यु–१९ विश्वकप क्रिकेटको छनौट खेल खेल्ने तयारीमा रहेको नेपाली युवा क्रिकेट टोली अहिले नयाँदिल्लीस्थित नोयडा क्रिकेट स्टेडियममा नियमित अभ्यास तथा प्रशिक्षणमा व्यस्त छ ।

मुख्य प्रशिक्षक बिनोद दासको नेतृत्वमा रहेको नेपाली युवा टोली एक साता अघि मात्र दिल्ली पुगेको थियो । युवा टोलीले मंगलबार स्थानीय दिल्ली वण्डर्ससँग अभ्यास खेल खेल्ने कार्यक्रम रहेता पनि विविध कारणवश उक्त खेल स्थगित गरिएको छ ।

यु–१९ विश्वकप क्रिकेट छनौट अन्तर्गत नेपालले आयोजक सिंगापुरसँगै मलेसिया र अफगानिस्तानसँग डबल राउण्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा गर्नेछ । लिग तालिकाको शिर्ष स्थानमा रहने टोलीले सिधै अर्को वर्ष न्यूजिल्याण्डमा हुने आइसीसी यु–१९ विश्वकप क्रिकेट प्रतियोगिता खेल्नेछ ।

(तस्विर : क्रिकेटिङनेपाल)


प्रतिक्रिया दिनुहोस

Loading...