अन्नपूर्ण चेस शुरु

१३ औ राष्ट्रब्यापी विद्यालयस्तरीय अन्नपूर्ण मैत्री खुल्ला बुद्धीचाल प्रतियोगिता शुक्रबार शुरु भयो ।

प्रतियोगितामा ३४ विद्यालयका २ सय ८२ खेलाडीको सहभागिता रहेको छ । स्वीस लिगको आधारमा जारी प्रतियोगितामा छात्राका सबै स्पर्धाका पाच चरणको खेल हुने छ ।

यसैगरी, छात्र तर्फ ६ चरणको खेल हुने छ । आयोजक अन्नपूर्ण उच्च माध्यमिक विद्यालयको हलमा भइरहेको प्रतियोगितामा छात्रा र छात्रा तर्फ यु–१०, यु–१२, यु–१४ र यु–१६ स्पर्धा समाबेश गरिएका छन् ।

पहिलो दिन दुइ चरणको समाप्तीमा शिर्ष बरियताका खेलाडीहरुले दुवै खेलमा जित हात पारेका छन् । छात्र यु–१६ स्पर्धामा आयोजकका मोहम्मद अदनान अदील र यु–१४ मा आयोजककै समिर अन्सारीले दुवै खेलमा जित हात पारेका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...