खुल्ला रेटिङ बुद्धिचाल प्रतियोगिता: सुमितलाई उपाधि

ताप्लेजुङ जिल्ला बुद्धिचाल संघको अायोजनामा ताप्लेजुङ थेचम्भु गाउँ पालिका याङवारकमा  संचालन भईरहेको थेचम्भु याङ वारक खुल्ला रेटिङ बुद्धिचाल प्रतियोगिताको  उपाधि चितवनका सुमित पन्तले हात पारेका छन्।
उनले अाठौ  चरणको खेलमा क्यान्डिडेट मास्टरलाई  रिजेन्द्र राजभण्डारीलाई पराजित गरेका थिए भने नवौं चरणको खेलमा   झापाका भुपेन्द्र निरौला माथि सफलता हात पारी   साढे ७  अंक सहित  सो उपाधि हासिल गरेका हुन।

७ अंक जोडेका भुपेन्द्र निरौलाले समान अंक नै जोडेका ज्वाला लिम्बुलाई बुकोल्स टाईब्रेकमा पछि पार्दै दोस्रो स्थान प्राप्त गरे। उनले १८ हजार नगद हात पार्न सफल भए। भुपेन्द्रले अाठौ चरणको खेलमा झापा कै राजु सुवेदीलाई निरास पारे।

त्यसैगरी ज्वाला लिम्बू तेस्रो स्थानमा रहे। उनले अाठौ चरणको खेलमा लाई र नवौं चरणको खेलमा अाठौ चरणको खेलसम्म अपराजित रहेका कैलालीका दिर्घराज जोशी माथि जित हात पारे। उनले नगद १६ हजार पाए।

त्यस्तै ताप्लेजुङका जीवन अनरेटेडतर्फ उत्कृष्ट ठहरिए  भने भेट्रानमा  तेह्रथुमका लक्ष्मी कङदङवा पहिलो भए भने यू १६ मा  मोरङका सक्षम भण्डारीले प्थम स्थान हात पारे।

बिजेता खेलाडीहरुलाई नेपाल बुद्धिचाल संघका महासचिव हेराकाजी महर्जन , ताप्लेजुङ बुद्धिचाल संघका अध्यक्ष राजकुमार म्यायाङवोले परस्कृत गरे।

प्रतियोगिता अवधिभर उत्कृष्ट प्रदर्शन गरेका सप्तरीका लक्ष्मण कुमार सेठले चौठौं स्थान र पूर्व नेपाल च्याम्पियन सुरबीर लामा पाँचौ स्थानमा रहे। उनीहरुले क्रमशः १४ हजार र १२हजार हात पारे।


प्रतिक्रिया दिनुहोस

Loading...