थेचम्भु याङ वारक खुल्ला रेटिङ बुद्धिचालमा भूपेन्द्र अगाडि

ताप्लेजुङ जिल्ला बुद्धिचाल संघको आयोजनामा ताप्लेजुङ थेचम्भु गाउँ पालिका याङवारकमा  संचालन भईरहेको थेचम्भु याङ वारक खुल्ला रेटिङ बुद्धिचाल प्रतियोगिताको  तेस्रो दिन सातौ चरणको खेल समाप्तिमा झापाका भुपेन्द्र निरौला  ६ अंक सहित  अग्रस्थानमा रहेका छन्।
उनले सातौं चरणको खेलमा दोलखाकम आषिस फुयाललाई हराएका थिए भने छैटौं चरणको खेलमा कैलालीका दिर्घराज जोशीसंग पराजित भएका थिए।

काठमाडौंका  रिजेन्द्र राजभण्डारी,चितवनका सुमित पन्त, दिर्घराज जोशी र झापका राजन सुबेदी साढे ५ सहित संयुक्तरूपमा दोस्रो स्थानमा रहेका छन् ।

रिजेन्द्रले सातौ चरणको खेलमा धनकुटाका सुमन श्रेष्ठ माथि जित निकाले भने छैटौं चरणमा उनलाई सुमन राईले बराबरीमा रोके।सुमितले छैटौं चरणको खेलमा उनले लक्ष्मण कुमार शेठलाई पन्छाए भने सातौं चरणको खेलमा सुरबीर लमासंग बराबरी खेले।

दिर्घले सातौ चरणको खेलमा राजन सुवेदीसंग बराबरी खेली अंक बाँडे। राजनले छैटौं चरणमा ज्वाला लिम्बुलाई हराए ।

शिर्ष वरियताका खेलाडी पूर्ब नेपाल च्याम्पियन सुरबीर लामा , ताप्लेजुङका ज्वाला लिम्बू , भोजपुरका सुमन राई, भारतका डब्लूटी भुतिया, रंन्जन रुम्बादोलखाका आषिस फुयाल , धनकुटाका सुमन श्रेष्ठ ,सप्तरीका लक्षमण कुमार सेठ, पाँचथरका  शुक्रराज याक्सो र सुनसरीका सुशन आचार्य ५ अंक जोडी संयुक्तरूपमा दोस्रो स्थानमा छन्।

सुरबीरले चौथो चरणको खेलमा सुमन श्रेष्ठसंग र  पाँचौ चरणको खेलमा सुमित पन्तसंग बराबरी खेलेका थिए।
त्यसैगरी पाँचथरका ,ताप्लेजुङका राजकुमार   म्यायाङवो, र राजकुमार गुरुङ, भगवती म्याङवो,किशोर म्ययाङवो र झापाका सक्षम भण्डारी ,साढे ४ अंक प्राप्त हात पार्न सफल भएका छन्।

४ अंक प्राप्त गर्ने हरुमा तेह्रथुमका लक्ष्मीप्रसाद कङदवा, ताप्लेजुङका निग्मा शेर्पा ,श्रमण बिष्ट ,लक्ष्मीप्रसाद गुरुङ ,नरेन्द्र गुरुङ ,सरोज म्ययाङवो, काठमाडौंका मोहन सिं प्रधान,रहेका छन् ।

कूल नगद पुरस्कार २ लाख ३५ हजार रहेको प्रतियोगितामा अधिराज्य भरबाट ७० जान खेलाडीहरुले प्रतिस्पर्धा गरि रहेका छन्। प्रतियोगितामा बिजेताले २१ हजार दोस्रोले १८ हजार र तेस्रोले १६ हजार हात पार्ने छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...