थेचम्भु याङ वारक खुल्ला रेटिङ बुद्धिचाल प्रतियोगिता शुरु

ताप्लेजुङ जिल्ला बुद्धिचाल संघको आयोजनामा ताप्लेजुङ थेचम्भु गाउँ पालिका याङवारकमा सोमबारदेखि थेचम्भु याङ वारक खुल्ला रेटिङ बुद्धिचाल प्रतियोगिता शुरु भएको छ ।

आज पहिलो र दोस्रो चरणको खेल समाप्तिमा प्रतियोगितामा शीर्ष वरियताका खेलाडी पूर्व  नेपाल च्याम्पियन सुरबीर लामा , झापाका भुपेन्द्र निरौला, राजन सुवेदी र ताप्लेजुङका राजकुमार मेयाङवो,ज्वाला लिम्बू ,कैलालीका दीर्घराज जोशी, धनकुटाका सुमन श्रेष्ठ ,तेह्रथुमका लक्ष्मी प्रसाद कङदङवा, काठमाडौंका मोहन सिं प्रधानले दुवै खेलमा सफलता हात पारी २ अंक जोडेका छन्।

त्यसैगरी कास्कीका सुनिल बहादुर कोईराला, थापाथली चेस क्लबका सुमित पन्त , दोलखाका आषिश फुयाल , पाँचथरका शुक्रराज याक्सोले पनि जीत हात पारि २ अंक प्राप्त हात पार्न सफल भए।

यसअघि एक समारोहको बीचमा नेपाल बुद्धिचाल संघका महासचिव हेराकाजी महर्जनले प्रतियोगिताको
उदघाटन गर्नु भएको थियो। स्थानीय समाजसेवी पृथ्वी याकथुङवाको सभापतित्वमा भएको उदघाटन कार्यक्रममा नेपाल बुद्धिचाल संघका पूर्व महासचिव तथा चिफ आर्विटर भवानी लिम्बू , समाजसेवी श्याम कुमार सुब्बा , धेचम्भु माविका प्रिन्सिपल पदम लिम्बुले प्रतियोगिता सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

कूल नगद पुरस्कार २ लाख ३५ हजार रहेको प्रतियोगितामा अधिराज्य भरबाट ७० जान खेलाडीहरुले प्रतिस्पर्धा गरि रहेका छन्। प्रतियोगिता बैशाख १५ गतेसम्म संचालन हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...