भक्तबहादुर तामाङ स्मृती रेपिड चेस सुरु

काठमाडौं (खेलदैनिक) । समाजसेवी भक्तबहादुर तामाङको स्मृतीमा उनका छोरा चेस खेलाडी श्याम लामाको प्रायोजन तथा थापाथली चेस पार्क क्लबको आयोजनामा प्रतियोगिता सञ्चालन भएको हो ।

पहिलो दिन भएको खेलमा सफलता पाउदै गणेशमान दुवाल अग्रस्थानमा रहेका छन् । ५ चरणको समाप्तीमा उनको ५ अंक नै रहेको छ । यसैगरी, सुजेन्द्रप्रसाद श्रेष्ठ, फीडे मास्टर मनीस हमाल, सुसील चौधरी, सुदीप तामाङर पुर्णराज खड्का ४.५ अंक सहित दोस्रो स्थानमा रहेका छन् ।

उनीहरुलाई पछ्याइ रहेका आशिष फुँयाल, सुरबीर लामा, भगवतीप्रसाद शर्मा,फीडे मास्टर रुपेस जयसवाल, कमल श्रेष्ठ, पुन्यमान कर्माचार्य र राकेश रौनीयारको ४ अंक छ ।

रोसी गाउँगाउँपालिका ३ का भक्तबहादुरको गत असोज महिना मानिधनभएको थियो । उनकै स्मृतीमा थापाथली चेस पार्क क्लबको आयोजना तथा भक्तबहादुरका छोरा श्याम लामाको प्रायोजनमा प्रतियोगिता सञ्चालन भइरहेको हो ।

दुइदिने प्रतियोगितामा ११३ जना खेलाडीको सहभागिता रहेको छ । प्रतियोगिताको उपाधि विजेताले १५ हजार, उपविजयी खेलाडीले ७ हजार तथा तेस्रो हुने खेलाडीले ५ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...