जोनल चेसमा जिआउरको अग्रता

काठमाडौं । नेकोस चेस बुद्धीचाल संघ र नेकोस चेस एकेडेमी क्लबको संयुक्त आयोजनामा जारी एसियन जोनल ३.२ चेस प्रतियोगिताको चौथो चरणको समाप्तीमा शिर्ष बरियताका बंगलादेशी ग्रान्डमास्टर जीआउर रहमान साढे तीन अंक सहित शिर्ष स्थानमा रहेका छन् ।

उनले चौथो चरणमा बंगलादेशका ग्रान्डमास्टर हुसेन एनामुएललाई पराजित गरे । नेपालका पूर्व राष्ट्रिय च्याम्पियन केशब श्रेष्ठको तीन अंक छ । उनले चौथो चरणमा श्रीलंकाका कालु गाम्मीटीया आरएसलाई हराए ।

हिमाल लामा, बंगलादेशका अन्तराष्ट्रिय मास्टर अबु समियन सकिल र भगवती प्रशाद शर्माको साढे दुइ अंक छ । हिमालले क्षितिज भण्डारी, सकिलले बद«ीलाल नेपाली तथा भवगतीले सजिन मर्हजनलाई हराए ।

महिला तर्फ डक्लुआइएम हमिद रानी लागातार चौथो जित हात पार्र्दै शिर्ष स्थानमा रहेकी छिन् । उनले चौथो चरणमा सरमिन समिहा समिमीलाई हराइन् । डब्लु आइएम समिमा अख्तरलाई तीन अंक सहित उनलाई पछ्याइरहेकी छिन् । चौथो चरणमा उनले श्रीलंकाकी साउमी जैनेबलाई पराजित गरिन् । बंगलादेशका नजराना खान र सुल्ताना सरमिन सिरिन विच बराबरी भयो । यी दुइको साढे दुइ अंक छ । अन्य खेलमा बै.गलादेशकी मोहमुदा हम चौधरीले सबिना श्रेष्ठलाई पराजित गरिन् भने मतीना कुसीले सिन्दीरा जोशी तथा शान्ता थापाले पुनम प्रसाइलाई हराए ।


प्रतिक्रिया दिनुहोस

Loading...