एसियन जोनल ३.२ चेस प्रतियोगिता: क्षितिजको जिएमसंग बराबरी

नेकोस चेस बुद्धीचाल संघ र नेकोस चेस एकेडेमी क्लबको संयुक्त आयोजनामा जारी एसियन जोनल ३.२ चेस प्रतियोगिताको तेश्रो दिन तेश्रो चरणको समाप्तीमा बंगलादेशी ग्रान्डमास्टर जिआउर रहमानर अब्दुल्लाह अलल रकिब र फीडे मास्टर हसन मेहन्दी समान साढे दुइ अंक सहित संयुक्त रुपमा अग्रस्थानमा रहेका छन् ।

२५२० रेटेड जिआउल हक र २४९२ रेटेड रकिब विचको खेल बराबरीमा टुंगीएको थियो । दोश्रो चरणको समाप्तीसम्ममा राम्रो प्रदर्शन गरिरहेका १८०१ माथि २२६३ रेटेड मेहन्दीले जित हात पारे ।

त्यसैगरी आज २०३६ रेटेड क्षितिज भण्डारीले २४२२ रेटेड बंगलादेशका ग्रान्डमास्टर नियाज मुर्सदलाई बराबरीमा रोक्दै अपराजित यात्रा कायम राखे । उनीसंगै पूर्व नेपाल च्याम्पियन केशब श्रेष्ठ,सुमित पन्त,फीडे मास्टर मनीष हमालले पनि अपराजित यात्रा कायम राख्दै दुइ अंक जोडेका छन् । केशब र सुमित विचको खेलमा बराबरी भयो भने २०५२ रेटेड मनीष र बंगलादेशका २३४१ रेटेड रहमान मोहम्मद तैबुर विचको खेलमा पनि बराबरी भयो । नेपाल च्याम्पियन मदनकृष्ण कायस्थले पूर्व नेपाल च्याम्पियन नबीन तण्डुकारलाई हराउदै दुइ अंक पु¥याए ।

महिला तर्फ डक्लुआइएम हमिद रानी लागातार तेश्रो जित हात पार्दै शिर्ष स्थानमा रहेकी छिन् । उनले तेश्रो चरणमा अर्की डक्लु आइएम समिमा अख्तरलाई पराजित गरिन् । अख्तरको दुइ अंक भने सुल्ताना सरमिन सिरिनको पनि दुइ अंक छ । उनले सबिना श्रेष्ठसंगको खेलमा जित हात पारिन् । श्रीलंकाकी साउमी जैनेबले पनि मतीना कुसीलाई हराउदै दुइ अंक जोडेकी छिन् । नेपाली खेलाडीमा शान्ता थापाले मोहमुदा हक चौधरी तथा सिन्दीरा जोशीले पुनम प्रसाइलाई हराए ।


प्रतिक्रिया दिनुहोस

Loading...