समृद्ध रुकुम चेस उपाधि भारतका ऋषभलाई

रुकुम (खेलदैनिक) । तेश्रो समृद्ध रुकुम फीडे रेटिङ अन्तराष्ट्रिय चेस प्रतियोगिताको उपाधि भारतका ऋषभ निसादले जितेका छन् । उनले अन्तिम चरणमा साविक विजेता सुमित पन्तलाई हराउदै ७.५ अंक सहित पहिलोे स्थान पारेका हुन् । उपाधि धारी निसादले ५० हजार रुपैया पुरस्कार पाए ।

प्रतियोगितामा ७ अंक सहित मदनकृष्ण कायस्थ दोश्रो तथा कृष्ण थापा तेश्रो भए । ६.५ अंक भएका राजन सुबेदी चौथो तथा सुमित पन्त पाचौ भए । उपविजेता कायस्थले ३० हजार तथा तेश्रो हुनेले २० हजार रुपैया पुरस्कार पाए । चौथो हुने सुबेदीले १६ तथा पन्तले १५ हजार रुपैया पुरस्कार पाए ।

६ अंक भएका नविन तण्डुकार, बद्री लाल नेपाली, विधार रुतुम्बरा, मिलन लामा र सुमन राइ छैठौ देखि १० औ स्थानमा रहे । विजयी खेलाडीलाई प्रमुख अतिथी प्रदेश सभा सदस्य देवी ओलीले पुरस्कार प्रदान गरिन् ।

स्वीस लिग चरणमा नौ चरणमा सञ्चालीत प्रतियोगितामा नेपाल र भारतका गरी ६६ जना खेलाडीको सहभागिता रहेको थियो । रुकुममा चेस खेलको विकासका साथै यहाँको पर्यटकीय महत्वलाई प्रस्फुटित गर्ने उद्धेश्यले प्रतियोगिता आयोजना गरिएको आयोजक कमिटीका प्रमुख सेर्पालीले वताए ।


प्रतिक्रिया दिनुहोस

Loading...