काकरभिट्टामा राष्ट्रिय बुद्धिचाल प्रतियोगिता जारी

काठमाण्डौका फिडे मास्टर विलमलाल श्रेष्ठ र झापा शिवसतासीका रेटेड ज्वाला इविङो पाँचौ चरणको खेल खेल्दै ।

  • कृष्ण सिंजाली

काकरभिट्टा (खेलदैनिक) । झापामा जारी पि.वि. थापा स्मृति के.सी.सी राष्ट्रिय वुद्धिचाल प्रतियोगिता अन्तरगत सोमबार भएको तेश्रो दिनको पाँचौ खेलमा काकरभिट्टाका अनरेटेड भरत तामाङले दमकका इएलओ १५८५ का प्रज्वल बस्नेतलाई पांखा लगाउदै ३ दशमलव ५ अंक जोडेको छ । त्यस्तै अर्का गौरादहका अनरेटेड राजकुमार बान्तवाले सुनसरीका इएलओ १७६० का हिमाल राईलाई पाँचौ चरणको खेलमा अंक बाड्न मजबुर पार्देै ३ अंक जोडेका छन् ।

भरतले सोमबार नै भएको चौथो चरणको खेलमा काठमाण्डौका इएलओ १५०६ का मोहन सिँह प्रधानलाई पराजित गरेका हुन भने राजकुमारले बुटवलका इएलओ १६३७ का चामन गाहा मगरलाई चौथो चरणको खेलमा पनि बराबर अंकमा चित्त बुझाउन बाध्य पारेका थिए ।

त्यसैगरी पुर्व नेपाल च्याम्पियन झापाका भुपेन्द्र निरौला, काठमाण्डौंका राजन पुरी, मकवानपुरका कृष्ण थापा, झापाका राजन सुवेदी ४ दसमलव ५ अकं सहित शिर्ष स्थानमा रहेका छन ।

भुपेन्द्रले झापाका सहकर्मी ज्वाला इम्वुङलाई चौथो चरणमा पराजित गर्न सफल भए भने पाचौं चरणको खेलमा राजन पुरीसँग वरावरी अकंमा चित्त वुझाएका छन । राजनले पुर्व नेपाल च्याम्पियन तथा फिडे मास्टर विलम लाल श्रेष्ठलाई चौथो चरणको खेलमा रोचकपुर्ण तरिकाले पराजित गर्दै जित हात पारे ।

त्यस्तै सोमबार राम्रो प्रदर्शन गरेका कृष्णले पाचौं चरणको खेलमा झापाका उमेस राई माथि जित हात पारे भने चौथो चरणका खेलमा सुनसरीका हिमाल राईलाई निरास पारेका थिए । राजन पुरीले चौथो चरणका खेलमा ललितपुरका हिराकाजी महर्जनलाई पन्छाए भने पाचौं चरणको खेलमा फिडे मास्टर मनिस हमाललाई हराएका थिए ।

त्यस्तै झापाका प्रकाश नेपाल, ताप्लेजुङ्गका लक्ष्मि प्रसाद कन्दङवा, सुनसरीका मणिराज डाँगी, कैलालीका दिर्घराज जोसी, र सुदिप तामाङ्गले ४ अकं सहित दोस्रो स्थान ओगटेका छन । प्रकाशले चौथो चरणको खेलमा झापाका उमेस राईसंग वरावरी खेले भने पाँचौं चरणको खेलमा ताप्लेजुङ्गका भवानी लिम्वुलाई हराए ।

लक्ष्मी प्रसाद कन्दङ्गवाले राम्रो प्रदर्शन गरि दुवै खेलमा जीत हात पार्ने क्रममा पाँचथरका राजन कुमार राईलाई र सप्तरीका मनोज वि.क. माथि विजय हात पारे । त्यसैगरी मणिराजले चौथो र पाचौं चरणको खेलमा दोर्जे लाक्पा तामाङ्ग र शिखर रेग्मी माथि सफलता प्राप्त गरे ।

झापाका उमेर राई, मनिष हमाल, काठमाण्डौंका युवराज पौडेल, सुश्रुत दाहाल, नविन तण्डुकार, मिलन लामा, चामन मगर गाछा, प्रज्वल वस्नेत, सुमन श्रेष्ठ, सुसन गौतम, सुरविर लामा, वद्रिलाल नेपालीले ३ दसमलव ५ अकं सहित तेस्रो स्थानमा रहेका छन ।

कुल दुईलाख साठी हजार नगद पुरस्कार रहेको प्रतियोगितामा विजेताले ५० हजार नगद पुरस्कार हात पार्ने खेल संयोजक ओम प्रकाश दाहालले वताएका छन ।


प्रतिक्रिया दिनुहोस

Loading...