आर्मीका दल बहादुर र विमल च्याम्पियन

काठमाडौं (खेलदैनिक) । नेपाल आर्मीका दल बहादुर चौधरी र विमल रोक्का ओलम्पिक दिवसको अवसरमा आयोजित एक दिने बक्सिङ प्रतियोगितामा च्याम्पियन भएका छन् ।

लगनखेल स्थित आर्मीको शारीरिक तालिम तथा प्रशिक्षण केन्द्रमा सम्पन्न प्रतियोगिताको पुरुष ५२ केजी तौलसमुहमा दल बहादुरले राष्ट्रिय खेलाडी सुसिल थापालाई अंकको आधारमा हराउँदै च्याम्पियन घोषित भए ।

पुरुषकै ५६ केजीमा बिमलले झापाका युवा मुक्केवाज सुरेन्द्र राईलाई अंकका आधारमा पराजित गरे ।
ओलम्पिक डेको अवसरमा बुधवार साँझ भएको पुरुषको ४९ केजी तौलसमुहको फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गरेका युवा मुक्केवाज नाम्गेल शेर्पा र बोसीगाउँका प्रदिप महर्जन संयुक्त रुपमा विजेता घोषित भए ।

पुरुषकै ७५ केजी तौलमा आर्मीका एक बहादुर घलले काठमाडौँका विशाल श्रेष्ठलाई अंकको आधारमा हराउँदै स्वर्ण जिते ।

महिलातर्फ भएको एकमात्र खेलमा आर्मीकी गिता थापामगरले स्वर्ण जितिन् । गिताले ५१ केजी तौलसमुहमा राष्ट्रिय टिमकी खेलाडी माला राईलाई पराजित गरेकी थिइन् । खेलाडीलाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालले लगायतले पुरस्कृत गरेका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...