बैंककका लागि बक्सिङ खेलाडी छनौट

थाइल्यान्डको बैंककमा हुने एसभीसी युथ बक्सिङ च्याम्पियनसिपका लागि तीन सदस्यीय नेपाली पुरुष खेलाडी छनौट भएका छन् ।

सोमबार त्रिपुरेश्वरको दशरथ रंगशालास्थित केन्द्रिय प्रशिक्षण केन्द्रमा भएको छनौट खेलमा नक्सालका मिङमार ग्याल्जेन शेर्पा,झापाका सुरेन्द्र राई र काठमाडौँका विशाल श्रेष्ठ छनौट भएका छन् ।

पुरुष ५२ केजी तौलसमुहमा शेर्पाले पाल्पाका सन्देश श्रेष्ठलाई टेक्निकल नकआउटका आधारमा हराउँदै बैंकको यात्रामा तय गरे । त्यस्तै ५६ केजी तौलसमुहमा सुरेन्द्रले बोसी गाउँका राजिव रोकालाई अंकका आधारमा हराउँदै छनोटमा परे ।

त्यसैगरी ७५ केजी तौलमा काठमाडौँ युथ बक्सिङ ग्रुपका विशाल श्रेष्ठ छनौट भए । छनौट कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद (राखेप)का नवनियुक्त सदस्य अर्जुन बहादुर केसीको प्रमुख अतिथीमा समापन भएको थियो । सो अवसरमा नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले लगायत पदाधिकारीको उपस्थीती रहेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...