पहिलो पटक बक्सिङको च्याम्प अफ च्याम्पियन्स हुने

१२ बैशाख / नेपालमा पहिलो पटक बक्सिङको च्याम्प अफ च्याम्पियन्स आयोजना हुने भएको छ। च्याम्प अफ च्याम्पियन्सको विजेताले नगद २ लाख पुरस्कार हात पार्नेछन्। दोस्रो हुनेले ३० तथा तेस्रो हुनेले १० हजार पाउनेछन्। 

नेपाल प्रोफेसनल बक्सिङ कमिसन अन्तर्गत रहेर म्याक्स बक्सिङ प्रोमोसन र डान्सिङ याकको संयुक्त आयोजनामा उक्त प्रतियोगिता हुने भएको हो । च्याम्प अफ च्याम्पियन्स ४ चरणमा खेलाइनेछ। कूल १६ खेलाडीको सहभागिता रहनेछ।

पहिलो चरणको खेल जेठ ४ र ५ गते रंगशालाको कबर्डहलमा हुने तथा डेढ महिनापछि दोस्रो चरणको खेल हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको च्याम्पियन बक्सरले डब्लुबीसी एसिया र डब्लुबीसी को लागि प्रो बक्सिङ लाइसेन्स समेत पाउने छ। आयोजकले नेपाली बक्सिङ इतिहासमै यस्तो खालको प्रतियोगिता पहिलो पटक हुन लागेको बताएको छ।


प्रतिक्रिया दिनुहोस

Loading...