थाइल्याण्डमा पुनमलाई काँस्य

काठमाडौं (खेलदैनिक) । थाइल्याण्डको फुकेटमा संचालन भई रहेको थाइल्यान्ड अन्तर्राष्ट्रिय खुला बक्सिङमा नेपाली महिला बक्सिङ्ग खेलाडी पुनम रावलले महिला ६० के.जी. तौल समूहमा काँस्य पदक जित्न सफल भएकी छन् ।

वाई पाएर सोझै सेमिफाईनल खेलेकी पुनमले फिलिपिन्सकी रिजा पसुटसंग ३– २ को अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा हार ब्यहोरीन् । फाइनलमा रिजाले भारतका खेलाडीलाई पराजित गरी स्वर्ण जितिन् ।

त्यस्तै अघिल्लो दिन भएको खेलमा नेपालकी मिनु गुरुङ्ग ५१ के.जी तौल समुहमा थाइल्यण्डका मुक्केवाज जुटामस जितपोङसंग ४–१ को स्पिलत डिसिनन्मा हार व्यहोरी पदकबाट बन्चित भइन् ।

यस अघि नेपालका एक मात्र पुरुख खेलाडी ६३ के.जी भुपेन्द्र थापा मियतनामसँग, महिला ५७ के.जी. मा इटालीका २०२० ओलम्पीक पदक विजेतासँग नेपालकी चन्द्रकला थापा र ४८ के.जी. तौल समूहमा सुस्मा तामाङ्ग ईटालीकै खेलाडी सँग ३–२ को स्पिलत डिसिजनमा हारेकी थिइन् ।

सन् २०१० मा दिपक महर्जनले जितेको काँस्य पछि नेपालले थाइल्याण्ड ओपन बक्सिङ्ग प्रतियोगीतामा पदक जित्न सफल भएको हो ।


प्रतिक्रिया दिनुहोस

Loading...