थाइल्याण्डमा सुष्माको प्रतिस्पर्घात्मक हार

काठमाडौं (खेलदैनिक) । फुकेटमा सञ्चालन भईरहेको थाइल्याण्ड ओपन इन्टरनेशनल बक्सिङ च्याम्पियनसिपमामा नेपालकी सुस्मा तामाङ्गले ४८ के.जी. तौल समूहमा इटोलीकी रोबर्टा बोहाट्टीसंग ३–२ को स्पलीत डिसिजनमा पराजित भइन् ।

खेलको पहिलो राउण्डमा ५–० ले हारेकी सुष्माले दोश्रो राउण्डमा ३–२ ले पछाडी परे , तर तेश्रो तथा अन्तीम राउण्डमा ०–५ ले खेल आफ्नो पक्षमा पार्न सफल भएपनि समग्र ३–२ अकंको आधारमा पराजय भोग्नु पर्यो ।

त्यस्तै महिला ५७ केजी नेपालकी खेलाडी चन्द्रकला थापा ईटालीकै ओलम्पीक कांस्य पदक विजेता इर्मा टेस्टासंग ५–० अंकले पराजित भएको नेपाल बक्सिङ संघका प्रवक्ता श्यामकाजी अवालेले जनाएका छन् । मंगलबार १३ सागको स्वर्ण विजेता मिनु गुरुङ्गले थाइल्यान्डकी खेलाडी विरुद्ध खेल्ने छिन् ।


प्रतिक्रिया दिनुहोस

Loading...