प्रेम र दिपक पराजित

थाइल्यान्ड अन्तर्राष्ट्रिय बक्सिङ च्याम्पियनसिप (किङ्स कप)मा नेपालका प्रेम र दिपक पहिलो राउण्डबाटै प्रतियोगिताबाट बाहिरीएका छन्  ।

५२ केजी तौल समूहमा प्रेम चौधरी उज्वेकिस्तानका मुक्केवाज लजिपोभ जासुरवेकसँग अंकको आधारमा पराजित भए ।

त्यस्तै ६४ केजी तौल समूहमा दिपक श्रेष्ठ पनि मंगोलियाका मुक्केवाज बतासुकोभ हिन्जोरिङसँग अंककै आधारमा पराजित भएको नेपाल बक्सिङ संघका प्रवक्ता श्याम अवालेले जानकारी गराए ।


प्रतिक्रिया दिनुहोस

Loading...