नेपाललार्ई ऐतिहासिक सफलता

काठमाडौं (खेलदैनिक) । दक्षिण एशियाली खेलकुदको तेहौ संस्करणमा इतिहास कायृम गरेको बक्सिङ्ग खेलर्ले जुनियर तथा युथ बक्सिङ्गतर्फ पनि एशियनस्तरमा अर्को ऐतिहासिक सफलता हात पारेको छ ।

यहि अगस्त २० देखि ३१ सम्म दुबईमा जारी एएसबीसी जुनियर तथा युथ ब्वायज एण्ड गलर््स बक्सिङ्ग प्रतियोगितामा जुनियर ५४ किलो तौल समुह अन्तर्गत सम्पन्न क्वार्टरफाईनल खेलमा कुवेतको प्रतिद्वन्द्वी मोहमद् लाई पराजित गर्दै नेपालका स्कुले मुक्केवाज छिरिङ्ग वाङदी शेर्पाले तीनवटै राउण्डमा आप्mनो वर्चश्व कायम गर्दै ५–० को आधारमा जीत हासिल गरेका छन् ।

अब छिरिङ्गले अर्को भिडन्त कजाखस्तानका प्रतिद्वन्द्वी अडाल्बेक नियाज्बासंग सेमिफाईनलमा प्रतिष्पर्धा गर्नेछन् । त्यसैगरी नेपालका दुई जना महिला मुक्केबाजहरु स्वस्तिका तिरुवाले र नारीका राईले पनि क्रमशः ५२ किलो तथा ५७ किलो तौल समुह अन्तर्गत नेपाललाई कास्य पदक पक्का गरी गरिसकेका छन् । यसरी ६ जना सहभागी नेपाली मुक्केबाजहरुमध्ये हालसम्म ३ कास्य पक्का गरी सकेको छ ।

नेपालले पदकको आशा गरेका अर्का युवा मुक्केबाज ईन्द्र बहादुर सुनारले पनि निकै बहादुरीका साथ आप्mना ईरानी प्रतिद्वन्दिलाई पहिलो राउण्डमा उत्कृष्ट खेल प्रदर्शन गर्दै विजयी हात पारे तापनि दोस्रो र तेस्रो राउण्डमा ईरानी मुक्केबाजले खेल आप्mनो पोल्टामा गर्दै ईन्द्रलाई रोकेका थिए ।

७१ किलो तौलमा नेपालका सुदेन गिरी आफ्नो तौलका विश्व वरियतामा अगाडी रहेका मुक्केबाजसंग आर एस सी को आधारमा पराजित भएका थिए । अर्का युवा मुक्केबाज सुलभ माली ले ५४ किलो तौल समुहमा ईरानी प्रतिद्वन्द्वी अलियस्घ संग प्रतिष्पर्धा गर्दै छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...