नेपालमा पनि बक्सिङ दिवस मनाइने

काठमाडौं (खेलदैनिक) । नेपाल बक्सिङ्ग संघले यहि आउँदो अगस्त २७ तारीखका दिन अन्तर्राष्ट्रिय बक्सिङ दिवस मनाउने भएको छ । संघले आइतबार प्रेस विज्ञप्ती जारी गर्दै आफू मातहतका सबै जिल्लाका सम्बन्धित संघ, पदाधिकारी, प्रशिक्षक तथा खेलाडीहरुलाई अन्तर्राष्ट्रिय बक्सिङ दिवस मनाउन आह्वान गरेको हो ।

साथै संघले आप्mनो स्थानिय वातावरण, ठाउँको अनुकुलतालाई हेरी नेपाल सरकारको स्वास्थ्य मापदण्ड अनुसार उक्त दिवसलाई मान्न र मनाउन अनुरोध समेत गरेको छ ।

स्मरण रहोस, बक्सिङ्गको सर्वोच्च निकाय अन्तराष्ट्रिय बक्सिङ्ग संघ (आईबा) ले १९७४ मा क्यूवाको हवानामा भएको प्रथम आईबा वल्र्ड च्याम्पियनशिपको मितिलाई आधार मानेर हरेक बर्ष अगस्त २७ मा अन्तर्राष्ट्रिय बक्सिङ्ग दिवस मनाउन हरेक राष्ट्रिय संघहरुलाई आव्हान गर्दै आएको छ ।

बक्सिङ खेलको ईतिहासमा नेपालले सन् १९६४ मा जापानमा भएको पहिलो ओलम्पिक सहभागितादेखि अहिलेसम्म बक्सिङ खेललाई राष्ट्रिय र अन्तर्राष्ट्रियस्तर मै विशेष महत्व दिंदै आइरहेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...