पोल्याण्डमा ऐतिहासिक सफलततर्फ अग्रसर बक्सिङकी सुष्मा

आइबा युथ पुरुष तथा महिला विश्व बक्सिङमा नेपालकी सुष्मा तामाङ (नीलो) लाई विजेता घोषणा गरिदै ।

काठमाडौं (खेलदैनिक) । पोल्याण्डमा भईरहेको एआइबीए युथ मेन्स एण्ड वुमन्स वल्र्ड बक्सिङ चयाम्पियनसिप अन्तर्गत नेपालकी शुष्मा तामाङले जित हात पारेकी छिन् ।

शनिबार भएको प्रिलिमिनरी बक्सिङ्ग बाउटमा लाईट प्mलाईवैट ४८ केजीतौल समुहमा नेपालकी शुस्मा तामाङ्गले लिथुआनियाकी बजाल्याते डिजालाई तेस्रो राउण्डमा आरएससीको आधारमा पराजित गर्दै क्वार्टरफाईनलको यात्रा तय गरिन् ।

आइबा युथ पुरुष तथा महिला विश्व बक्सिङमा जित हात पारेकी नेपालकी सुष्मा तामाङ प्रशिक्षक ओम मास्केका साथ ।

पहिलो राउण्डदेखि नै निकै आक्रमक रुपमा विपक्षि खेलाडि माथि आप्mनो प्रभाव देखाउन सफल शुस्माले दोस्रो राउण्डमा अझै उत्कृष्ट खेल देखाएकी थिईन । तेस्रो राउण्डमा उनको कडा प्रहारले लुथियानाकि बक्सरलाई रेफ्रीले दुईपटक काउण्ट दिदै खेल नै स्थगित गरी सुस्मालाई आरएससीको आधारमा विजयी घोषित गरेका थिए ।

शुषमाले क्वाटरफाइनलमा आयोजक पोल्याण्डकी खेलाडि कुजिउस्का नतालिया डोमिल्कासंग प्रतिष्पर्धा गर्नेछिन । उक्त भिडन्त जितेमा नेपालले आईबा युथ वल्र्ड बक्सिङ्ग च्याम्पियनशिपमा ऐतिहासिक पदक जित्न सफल हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...