सुमिना र सुष्मा वल्ड बक्सिङ च्याम्पियनशिपमा छनोट

काठमाडौं (खेलदैनिक) । सुमिना खड्का आइवा युथ वल्ड बक्सिङ च्याम्पियनशिपका लागि ६० केजी तौल समूहमा बुधवार छनोट भएकी छन् । आरडीएस क्लबकी सुमिनाले बक्समाण्डौंकी डेचेन शेर्पालाई निर्धारित तीन राउण्डको खेलमा अंकका आधारमा ४–१ ले हराउदै छनोटमा परिन् ।

नेपाल बक्सिङ संघले आयोजना गरेको छनोट प्रतियोगिताको ४८ केजी तौल समूहमा नक्शालकी सुष्मा तामाङ मंगलवारनै झापाकी सुस्मिता राईलाई अंकका आधारमा ३–२ को स्कोरमा हराउदै छनोट भएकी थिईन् ।

छनोटका अवसरमा नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले,बरिष्ठ उपाध्यक्ष अर्जुनवहादुर केसीलगायतको उपस्थिति रहेको थियो । आइवा युथ वल्ड बक्सिङ च्याम्पियनशिप पोल्याण्डमा अप्रिल ११ देखि २३ सम्म संचालन हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...