पूर्व खेलाडी दीपाको आर्थिक सहयोग

मृगौला पीडित खुशबहादुर थापालाई आर्थिक सहयोग हस्तान्तरण गर्दै रवि महर्जन (बायाँ) ।

काठमाडौं (खेलदैनिक) । पूर्व बक्सिङ खेलाडी दीपा क्षेत्रीले मृगौला रोगबाट पीडित शिक्षक खुशबहादुर थापालाई आर्थिक सहयोग उपलब्ध गराएकी छन् ।

केहि वर्षयता मकाउमा कार्यरत दीपाले लालबजार निवासी थापालाई ४० हजार रुपैयाँ सहयोग गरेकी हुन् । थापालाई दीपाका भाइ रवि महर्जनले लालबजारस्थित उनकै निवासमा पुगेर रकम हस्तान्तरण गरे ।

श्री जनता उमाविमा कार्यरत ६६ वर्षीय थापाको दुवै मृगौला फेल भएको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...