१३औं सागः बक्सिङमा सनिलले दिलाए नेपाललाई तेस्रो स्वर्ण

काठमाडौं (खेलदैनिक) । १३औं दक्षिण एसियाली खेलकुद (साग)को अन्तिम दिनमा नेपालका सनिल शाहीले नेपालका लागि तेस्रो स्वर्ण जित्न सफल भएका छन् ।

ललितपुरको सातदोबाटोमा भएको पुरुष ६० केजीमा पनि भारतीय मुक्केबाज भरिन्दर सिंहलाई अंकको आधारमा पराजित गर्दै नेपालका सनिल शाहीले स्वर्ण जित्न सफल भए ।

यसअघि भूपेन्द« थापामगर र मिनु गुरुंगले नेपाललाई स्वर्ण दिलाएका थिए । यस तौल समूहको काश्य भने श्रीलंकाका जिवन्थ निस्सन्का बामुनु अराचचील र बंगलादेशका सूरा कृष्णा चक्माले प्राप्त गरे ।

मंगलवार भएको अन्य बाउटमा भने भारतको नै दबदबा रह्यो । महिला ५१ केजीको खेलमा भारतीय बक्सर पिन्की रानीले नेपालकी माला राईलाई स्पिलिट डिसिजनको आधारमा हराउदै स्वर्ण पदक जितिन् । हारसंगै मालाले रजत पदक प्राप्त गरिन् । यस्तै पाकिस्तानकी रजिया बानो अजीज र श्रीलंकाकी कोसला निलमिनी अथावुदा अच्चिलागेले प्राप्त गरिन् ।

महिला ५७ केजीमा भारतकी सोनिया लाथेरले श्रीलंकाकी क्रिस्मि अयोमा दुलान्ज लंकापूरायालागेलाई अंकको आधारमा हराउँदै स्वर्ण जितिन । यस तौलमा पाकिस्तानकी मेहरीन र नेपालकी चन्द्रकला थापाले काश्य हात पारिन ।

महिला ६४ केजीमा नेपालका पूनम रावल पनि भारतकी मञ्जु बम्बोरियासंग पराजित हुदै रजतमा सिमित भईन् । भारतकी मञ्जु बम्बोरियाले भने स्वर्ण चुमिन् । यस तौलमा पाकिस्तानकी परभीनले भने काश्य हात पारिन् ।

यसैगरी पुरुष ५२ केजीको फाइनलमा भारतका स्पर्श कुमारले पाकिस्तानका सईद मुहमद आसिफलाई स्पिलिट डिसिजनको आधारमा हराउँदै स्वर्ण जिते । यसै समूहको काश्य पदक भने नेपालका तेजबहादुर देउबा र श्रीलंकाका लासिन्दु इरान्डा कुदाभीथानागेले प्राप्त गरे ।

पुरुष ६९ केजीमा पनि भारतकै कृषन भिकासले पाकिस्तानका गुल जाइबलाई अंकको आधारमा पराजित गर्दै स्वर्ण जिते । यस तौलको काश्य भने नेपालका विकास लामा र बंगलादेशका अब्दुर रहीम मोहमदले हात पारे ।

यसैगरी पुरुष ८१ केजी तौल समूहमा नेपालका गणेश प्रधान रजतमा सिमित भए । गणेशलाई स्पिलिट डिसिजनको आधारमा हराउंदै श्रीलंकाका रोमेश सान्डाकेलूम वान्नी अराचचिगेलाई स्वर्ण हात पारे । यो तौल समूहको काश्य भने पाकिस्तानका अवाइस अली खान र भारतका सचिन कुमारको पोल्टामा प¥यो ।

पुरुष ९१ केजीभन्दा माथिको भिडन्तमा भने भारतका नरेन्दरसँग अंकको आधारमा पराजित हुँदै नेपालका आशिष दुवादीले रजत प्राप्त गरे । यस समूहको काश्य पदक भने श्रीलंकाका बुवानेका ईरान्डा अड्डू राकाराम रल्लागेले प्राप्त गरे ।


प्रतिक्रिया दिनुहोस

Loading...