शुसिल सामू पाकिस्तानी खेलाडी निरीह

नेपालका सुशिल थापा (रातो) र पाकिस्तानी खेलाडी भिड्दै ।

काठमाडौं (खेलदैनिक) । नेपालका शुसिल थापाले पाकिस्तानी खेलाडी इर्दलाई पराजित गदै क्वाटरफाईनलमा प्रवेश गरेका छन् ।

थाईल्याण्डमा जारी खुला अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगिता अन्र्तगत ४९ केजी लाईट फ्लाइट तौलमा नेपाल आर्मीमा आवद्ध मुक्केबाज शुसिलले पाक्स्तिानी मुक्केवाज इर्द उल्लाइलाई दोश्रो राउण्डको दोश्रो मिनेटमा आरएससी (रेफ्री स्टप कन्टेस्ट) को आधारमा हराउदै क्वाटर फाईनलमा प्रवेश गरेका हुन ।

शुसिलले दोश्रो राउण्डको पहिलो मिनेटमा उल्लाहलाई ढाले पछि काउण्टमा परेका थिए । लगातार उत्कृष्ट मुक्का प्रहार गरेका शुसिलले उल्लाइलाई एकै राउण्टमा तीन पटक काउण्टको धरापमा पारेका थिए ।

अन्तर्राष्ट्रिय बक्सिङ संघको नियम अनुसार एउटै राउण्डमा तीन पटक काउण्ट पाए पछि खेलाडीले धेरै मार खानु नपरोस भनि रेफ्रिले खेल रोक्दै बिपक्षीलाई बिजयी गराउने नियम छ । नेपालमा हुने १३औं सागको तयारीका लागि नेपाल बक्सिङ संघले बिगत २ हप्ता देखि ७ महिला र १० पुरुषलाई थाइल्याण्डमा बैदेशिक प्रशिक्षणमा राखेको छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...