प्रदेश ४ स्तरीय बक्सिङ छनोट सुरु


प्रदेश ४ को बक्सिङ छनोटमा विजेता घोषित गर्दै निर्णायक ।

पोखरा (खेलदैनिक) । वीर गणेशमान सिंह राष्ट्रिय खुला बक्सिङ प्रतियोगिताका लागि प्रदेश ४ खेलाडी छनोट प्रतियोगिता शनिबारदेखि पोखरामा सुरु भएको छ ।

प्रतियोगितामा पुरुषतर्फ ३५ र महिला ६ खेलाडीको सहभागिता रहेको मूल आयोजक समितिका सदस्य कुमार बस्नेतले जनाएका छन् । पुरुषमा ८ र महिलामा ६ तौलसमूहमा प्रतिस्पर्धा भइरहेको छ ।

प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का कोषाध्यक्ष शैलेश कर्माचार्यले एक कार्यक्रमबीच उद्घाटन गरे । राष्ट्रिय बक्सिङ माघ २२ देखि बसन्तपुर डबलीमा हुँदैछ ।


प्रतिक्रिया दिनुहोस

Loading...