राष्ट्रिय खुला बक्सिङ : प्रदेश ३ छनोट सुरु

वीर गणेशमान सिंह स्मृति राष्ट्रिय खुला बक्सिङमा प्रतिस्पर्धा गर्दै खेलाडी ।

काठमाडौं (खेलदैनिक) । गणेशमान सिंह फाउन्डेनसको आयोजनामा वीर गणेशमान सिंह स्मृति राष्ट्रिय खुला बक्सिङ प्रतियोगिताको प्रदेश ३ खेलाडी छनोट सोमबारदेखि लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सुरु भएको छ ।

प्रतियोगितामा पुरुषमा ८ र महिलामा ६ स्पर्धामा भिडन्त भइरहेको मुल आयोजक समितिका संयोजक राजिव श्रेष्ठले जनाएका छन् । प्रतियोगितामा ३८ खेलाडी सहभागी छन् ।

प्रतियोगिताको पूर्व उपप्रधानमन्त्री एवं फाउन्डेसनका अध्यक्ष प्रकाशमान सिंहले एक कार्यक्रमबीच उद्घाटन गरे । छनोट मंगलबार सम्पन्न हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...