
काठमाडौं (खेलदैनिक) । गणेशमान सिंह फाउन्डेसनको आयोजनामा काठमाडौंमा माघ अन्तिम साता हुने वीर गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताका लागि प्रदेश १ को खेलाडी छनोट प्रतियोगिता सम्पन्न भएको छ ।
शनिबार विराटनगरमा सम्पन्न पुरुष ५२ केजीमा सुनसरीका सुलभराज तुलाधर, ५६ केजीमा झापाका सुरेन्द्र राई, ६० केजीमा झापाका तोबिन प्रधान, ६४ केजीमा झापाका अभिनय राई र ६९ केजीमा सुनसरीका राजेश गुरुङ छनोट भए । महिला ४८ केजीमा सुनसरीकी दिलकुमारी श्रेष्ठ छनोट भइन् ।
विजेतालाई प्रतियोगिता संयोजक राजिव श्रेष्ठ, प्रदेश १ का संयोजक श्याम पौडेललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।