थाइल्याण्डमा नेपाली बक्सर देउवाको चुनौति पनि समाप्त

काठमाडौं (खेलदैनिक) । नेपाली बक्सर तेज बहादुर देउबा थाइल्यान्डमा जारी ओपन अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगिताको तेस्रो चरणबाट बाहिरिएका छन । थाइल्याण्डको राजधानी बैंककमा मंगलबार भएको खेलमा देउबालाइ इन्डोनेसियाका मारियो ब्लासिएसले अंकको आधारमा पराजित गरे ।

पहिलो चरणमा बाई पाएका देउवाले दोस्रो चरणमा लाओसका खेलाडीलाइ पराजित गरेका थिए । देउवा बाहिरिएसँगै प्रतियोगितामा सबै नेपाली खेलाडीको चुनौती सकिएको छ । थाइल्यान्ड बक्सिङ संघले आयोजना गरेको प्रतियोगितामा ६ नेपाली खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

४९ केजी मुनि तौल समुहमा तेज बहादुर देउवा र ५६ केजी मुनि तौल समुहमा बिमल रोकाले पहिलो चरण पार गर्दा बाकी सबै खेलाडि पहिलो चरणबाटै बाहिरिए । आसन्न एसियन गेम्सको लागि करिब डेढ महिना थाइल्यान्डमा तयारी गरेर नेपाली बक्सिङ टोलि सोझै १८ औ एसियन गेम्स खेल्न इन्डोनेसिया जानेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...