क्यामरुनी प्रतिद्वन्द्वीलाई हराउँदै भुपेन्द्र क्वाटरफाइनलमा

क्यामरुनी प्रतिद्वन्द्वीलाई हराएपछि नेपालका भुपेन्द्र (निलो) ।

काठमाडौं (खेलदैनिक) । भुपेन्द्र थापा मगर भारतको नयाँ दिल्लीमा जारी इन्डियन ओपन अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । सोमबार क्यामरुनका खेलाडी अल्बर्ट मान्गुए अयिस्सीलाई अंकको आधारमा पराजित गर्दै भुपेन्द्र ६४ केजी तौल समूहमा क्वाटरफाइनलमा पुगेका हुन् ।

दिल्लीस्थित त्यागराज स्पोर्ट्स कम्प्लेक्समा नेपाल पुलिस क्लबका भुपेन्द्रले क्यामरुनका अल्बर्टलाई ४–१ ले हराएर क्वाटरफाइनलमा स्थान पक्का बनाए । अब क्वाटरफाइनलमा भुपेन्द्रले भारतका खेलाडीसँग प्रतिस्पर्धा गर्ने छन् ।

प्रतियोगिता अन्तर्गत सोमबार ४९ केजी तौल समूहका तेज बहादुर देउवा इन्डोनेसियाका खेलाडीसँग अंकको आधारमा पराजित भए । त्रिभुवन आर्मी क्लबका देउवा इन्डोनेसियाका इलाही इङगाटनसँग ४ – १ ले पराजित भए ।

यस्तै पुरुषतर्फको ५२ केजी तौल समूहमा आर्मी क्लबका प्रेम चौधरी भारत ए टिमका सालोन्की गौरवसँग ५ – ० ले पराजित भए । २३ राष्ट्रको सहभागिता रहेको प्रतियोगितामा हालसम्म १ कास्य पदक पक्का गरिसकेको छ । नेपालकी विमला श्रेष्ठले कास्य पदक पक्का गरेकी छिन् ।


प्रतिक्रिया दिनुहोस

Loading...