राष्ट्रिय बक्सिङतर्फ दिदीबहिनी गिता र बिमला सेमिफाईनलमा

दिदि गिता रातो र अस्मिता बीचको खेल ।

झापा (खेलदैनिक) । राखेप राष्ट्रिय बक्सिङ च्याम्पियनसिपतर्फ दिदी गिता थापामगर र बहिनी बिमला थापा मगर महिला ५१ केजी तौल समूहको क्वाटरफाईनल भिडन्तमा जित हात पादै सेमिफाईनलमा प्रबेस गरेका छन् ।

नेपाल आर्मीकी गिताले भक्तपुरकी अस्मिता दुवाललाई अंकको आधारमा हराईन् । त्यस्तै मध्यपश्चिमाञ्चलकी बिमलाले कैलालीकी हरिना अयरलाई अंकका आधारमा हराउदै सेमिफाईनलको यात्रा तय गरिन् । २७ औं पुरुष तथा आठौं महिला खुला बक्सिङ प्रतियोगिताको महिला ४६ देखि ४८ केजी तौल समूहमा आर्मीकी ललिता महर्जन, पुलिसकी दिवाना शेर्पा, भक्तपुरकी सर्मिला लामा र एपीएफकी नङजा बुढामगर सेमिफाईनल प्रवेश गरेका छन् ।

बिहिनी बिमला निलो र हरिना बीचको खेल ।

बिर्तामोड बजारमा भएको पुरुषतर्फको प्रि–क्वाटर खेलबाट सफलता हात पादै ५६ केजी तौल समुहमा एपीएफका पुरन राई, झापा दमकका सन्देश राई, बाँकेका नवीन घर्ती, कास्कीका दिनेश बानियाँ, भक्तपुरका प्रकाश कुमार विष्ट, दाङका प्रेम चौधरी, सुर्खेतका प्रकाश तारुगं र त्रिभुवन आर्मीका विमल रोक्का क्वाटरफाईनलमा प्रवेश गरेका छन् ।

त्यस्तै ६० केजी तौल समुहमा झापाका प्रकाश लिम्बु इजम, टिकाका प्रकाश भट्टराई, विटीएफसीका अविशेख शाही ठकुरी, जुम्लाका सजन गिरी, अल्टिमका जेनिस राई, नेपाल पुलिसका दिनेश श्रेष्ठ, अल्फाका योगेन्द्र बुद्ध मगर, त्रिभुवन आर्मीका एक बहादुर घले, काकस्ीका सविन गुरुङले पनि क्वाटरफाईनलको यात्रा पक्का गरेका छन् । पुरुष ६९ केजी तौल समुहमा नै सुनसरीका सन्देश लिम्बु, नेपाल पुलिसका विशाल श्रेष्ठ क्वाटरफाईनलमा प्रवेश गरेका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...