एशियन बक्सिङमा युवा मुक्केबाज ओम पराजित

नेपाली बक्सर ओम परियार ।

काठमाडौं (खेलदैनिक) । फिलिपिन्समा भएको एसियन जुनियर बक्सिङ च्याम्पियनसिपमा नेपाली युवा मुक्केबाज ओम परियार पराजित भएका छन् ।

फिलिपिन्सको पुर्तो प्रिन्सेसा शहरमा बुधवार भएको ४९ केजी तौल समूहको प्रतिस्पधात्मक खेलमा नेपालका ओम भुटानका मुक्केबाज वाङ चुक टान्डिनसग अंकका आधारमा पराजित भएको नेपाल बक्सिङ संघका सदस्य ओमनारायण श्रेष्ठले फिलिपिन्सबाट जानकारी गराएका छन् ।

सदस्य ओमले टिम ब्यवस्थापकको रुपमा नेपाली टोलीको नेतृत्व गरेका थिए । प्रशिक्षकको भूमिकामा काजकिस्तानका बक्सिङ प्रशिक्षक मुख्तार बर्दिमतोभले निर्वाह गरेका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...