युवा बक्सर ओम एसियन च्याम्पिनसिप खेल्न फिलिपिन्स जाने

काठमाडौं (खेलदैनिक) । फिलिपिन्सको पुर्तो प्रिन्सेसा शहरमा हुने एसियन जुनियर बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन युवा मुक्केबाज ओम परियार फिलिपिन्स जाने भएका छन् ।

एसियन बक्सिङ फेडेरेसनको वार्षिक क्यालेन्डर अनुसार आउँदो अगस्ट १ देखि ८ तारिखसम्म आयोजना हुने च्याम्पियनसिपमा ओमले ४९ केजी तौल समूहमा नेपालको चुनौती प्रस्तुत गर्नेछन् ।

नेपाली टोलीको नेतृत्व नेपाल बक्सिङ संघका सदस्य ओमनारायण श्रेष्ठले गर्नेछन् । यसैगरी प्रशिक्षकको भूमिका भने काजकिस्तानका बक्सिङ प्रशिक्षक मुख्तार बर्दिमतोभले निर्वाह गर्नेछन् ।

नेपाली टोलीलाई बिहीबार सातदोबाटोमा राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य–सचिव केशवकुमार बिष्टले गरेका थिए ।

सो अवसरमा राखेप सदस्यद्धय, नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेलगायतको उपस्थिति रहेको थियो । विगत तीन महिनादेखि विभिन्न विद्यालयमा बक्सिङ प्रशिक्षण सुरु गरेको नेपाल बक्सिङ संघले अन्तर्राष्ट्रिय प्रतियोगितामा युवा बक्सरको सहभागिताले नयाँ खेलाडीलाई प्रोत्साहित गर्ने विश्वास लिएको छ ।

नेपाली बक्सिङ टोली शुक्रवार त्यसतर्फ प्रस्तान गदैछ ।

 


प्रतिक्रिया दिनुहोस

Loading...