नेपालमा पहिलोपटक मसल मेनिया हुने

काठमाडौं (खेलदैनिक) । नेपालमा पहिलोपटक मसल मेनिया बडी बिल्डिङ प्रतियोगिता हुने भएको छ । अमेरिकाको फ्रेन्च चाइजबाट मान्यता प्राप्त प्रतियोगिताको आयोजना खरेल अर्गनाइजेसनले गर्ने भएको छ ।

प्रतियोगिता आगामी बर्षको १० असोजमा राष्ट्रिय सभामा हुने आयोजित पत्रकार सम्मेनमा जानकारी गराइयो । सन् १९९१ मा मसल मेनियाको सुरुवात भएको हो । शारीरिक सुगठन खेलाडीको क्षमता बढाउन र एक्सपोजर प्रदान गर्न बडी बिल्डिङ आयोजना गर्न लागेको खरेल अर्गानाइजेसनका निर्देशक सज्ञान खरेलले बताए ।

प्रतियोगितामा ५ अन्तर्रास्ट्रिय जजबाट विजेता छानिने छन् । प्रतियोगितामा मसल मेनिया नेपाल क्लासिक, नेपाल फिजिक, मोडल च्याम्पियनसिप, फिगर नेपाल र यू–२२ को विधा गरी पाँचवटा इभेन्ट रहेको खरेले बताए ।

विजेताले १३ डिसेम्बरमा सिंगापुरमा हुने ‘मसल मेनिया एसियामा समेत प्रतिस्पर्धा गर्न पाउने छन् । पाँचै विधाका उत्कृष्ट विजेतालाई आयोजकले पूरै स्पोन्सरसिपमा सिगापुर लाने छ । प्रतियोगिता सञ्चालन गर्न फाइनान्सियल एडभाइजरमा प्रविन श्रेष्ठ र सुरज खड्का रहेका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...