शारीरिक सुगठनका बिजयी खेलाडीलाई सम्मान गरिने

बडी बिल्डिङमा पदक विजेता नेपाली खेलाडीहरु ।

काठमाडौं (खेलदैनिक) । यहि श्रावण ४ गते काठमाडौं सम्पन्न साउथ एसियन बडी बिल्डिङ एण्ड फिजिक्स स्पोर्टस् च्याम्पियनसिपमा नेपाली पदक विजेता खेलाडीहरुलाई नेपाल शारीरिक सुगठन तथा फिटनेश संघका अध्यक्ष राजेश बाबु श्रेष्ठले ब्यक्तिगत रुपमा सम्मान गर्ने भएका छन् ।

संघले एक बिज्ञप्ती जारी गर्दै संघका अध्यक्षको तर्फबाट उक्त च्याम्पियनसिपमा स्वर्ण हात पार्नेलाई नगद ५० हजार, रजतलाई नगद ३० हजार र कास्यलाई नगद २० हजार प्रदान गर्ने निर्णय भएको जानकारी गराएको हो ।

१८ विधामा प्रतिस्पर्धा गराईएको च्याम्पियनसिपमा नेपालले भारतलाई पछि पार्दै ३ स्वर्ण ७ रजत र ६ कास्य जितेको थियो । टिम च्याम्पियन भने अफगानिस्तान बनेको थियो ।

यस्तै थाइल्याण्ड बडीबिल्डिङ एण्ड फिजिक्स स्पोर्टस् एसोसिएशनको आयोजनामा श्रावण ३१ देखि भाद्र १ गते सम्म थाइलैण्डको बैंककमा हुने एसिया प्यासिफिक बडी बिल्डिङ च्याम्पियनसिपमा नेपालले १२ औ साउथ एसियन बडी बिल्डिङ एण्ड फिजिक्स स्पोर्टस् च्याम्पियनसिपमा बिजयी तीन खेलाडी र एक अफिसियललाई समावेश गराउने निर्णय गरिएको पनि बिज्ञप्तीमा जनाईएको छ ।

उक्त च्याम्पियनसिपमा नेपालका समिर श्रेष्ठले सिनियर तर्फ ६५ केजीमा स्वर्ण हात पारेका थिए । नरेश मुनिकारले १६७ सेमिमाथीको पुरुष एथलेटिक्स फिजिकमा तथा मल्लिका शाक्यले महिला मोडल फिजिकमा स्वर्ण हात पारेका थिए । उनीहरुले सोही विधामा स्पर्धा गर्ने नेपाल शारीरिक सुगठन तथा फिटनेश संघका उपाध्यक्ष दिनेश राजभण्डारीले जानकारी गराए ।

साथै भाद्र २६ देखि असोज १, सम्म होहोट सिटी मंगोलिया, चीनमा हुुने ५३औं एसियन बडी बिल्डिङ एण्ड फिजिक्स स्पोर्टस् च्याम्पियनसिप शारीरिक सुगठन प्रतियोगितामा ३ जना, पुरुष स्पोर्टस फिजिक्स तथा महिला एथलेटिक्स फिजिक्समा ४ जना र पुरुष एथलेटिक्स फिजिक्समा २ जना तथा २ अफिसियल र २ निर्णायकहरु गरी जम्मा १३ जनाले सहभागिता जनाउने संघद्वारा जारी बिज्ञप्तीमा जनाईएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...