दक्षिण एशियाली शारिरीक सुगठन हुने

१२ औं दक्षिण एसियाली शारीरिक सुगठन बारे जानकारी गराउदै आयोजक ।

काठमाडौं (खेलदैनिक) । नेपाल शारिरीक सुगठन तथा फिटनेश संघको आयोजनामा नेपालमा बाह्रौं दक्षिण एशियाली शारिरीक सुगठन प्रतियोगिता २०७६ आषाढमा हुने भएको छ ।

काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संघले तेश्रो पटक नेपालले आयोजना गर्न लागेको दक्षिण एशियाली शारिरीक सुगठनको १३ औं संस्करण आषाढ ६ र ७ गते प्रज्ञा भवन, कमलादी, काठमाण्डौमा हुने जनाएको छ ।

पत्रकार सम्मेलनमा दक्षिण एशियाली प्रतियोगितामा शारिरीक सुगठन विधा अन्तरगतका ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी, ७५ केजी, ८० केजी, ८५ केजी, ९० केजी र सो भन्दा माथी प्रतिस्पर्धा हुने जानकारी गराईयो ।

संघले प्रथम पटक शारिरीक सुगठन विधाको पुरुष फिटनेश फिजिक्समा १७० सि.एम सम्म र १७० सि.एम.माथी उचाई तथा महिला तर्फ १६५ सिएम र १६५ सिएम भन्दा माथीको उचाई समूह गरि कुल १३ विधामा खेलाडीहरुले प्रतिस्पर्धा गर्ने भएका छन् ।

नेपाल सहित भारत, बंगलादेश, भुटान, मालदिप्स, अफगानिस्तान, पाकिस्तान र श्रीलङ्काका करिव १५० खेलाडीहरुले प्रतियोगितामा प्रतिस्पर्धा गर्ने छन् ।

नेपालले उक्त प्रतियोगिताको लागि २० र २१ गते काठमाण्डौमा आयोजना हुने सातौं मि. हिमालय प्रतियोगिताका विजेता खेलाडीहरुलाई समावेश गराउने सम्मेलनमा संघका अध्यक्ष राजेश बाबु श्रेष्ठले जानकारी गराए ।

सोही पत्रकार सम्मेलनका अवसरमा बिश्व शारिरीक सुगठन तथा फिजिक स्पोर्टस् महासंघका महासचिव एवं एशियन शारिरीक सुगठन तथा फिजिक स्पोर्टस् महासंघका अध्यक्ष दातुक पाउल चुआ र एशियन शारिरीक सुगठन तथा फिजिक स्पोर्टस् महासंघका महासचिव चेतन पाथरेले बा¥हौं दक्षिण एशियाली शारिरीक सुगठन प्रतियोगिताको ब्यानर अनावरण गरेका थिए । प्रतियोगिताको कुल बजेट ४० लाख रहेको समेत पत्रकार सम्मेलनमा अध्यक्ष श्रेष्ठले बताए ।


प्रतिक्रिया दिनुहोस

Loading...