थाइल्यान्डमा महेश्वरलाई स्वर्ण

स्वर्ण विजेता महेश्वर महर्जन ।

काठमाडौं (खेलदैनिक) । नेपालका महेश्वर महर्जनले थाइल्यान्डको चाङमईमा जारी १० औं विश्व शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपको पुरुष ७५ केजीमा स्वर्ण जितेका छन् ।

बाह्र खेलाडी सहभागी उक्त स्पर्धामा भारत दोश्रो र सिंगापुर तेश्रो भएको नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघका उपाध्यक्ष दिनेश राजभण्डारीले जनाएका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...