सुविधासम्पन्न फिट्नेस ग्यारेज सञ्चालनमा

फिट्नेस ग्यारेजको उद्घाटन गर्दै नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघका उपाध्यक्ष दिनेश राजभण्डारी ।

काठमाडौं (खेलदैनिक) । न्युरोडस्थित पिपुल्स प्लाजामा शनिबारदेखि एक सुविधासम्पन्न फिट्नेस ग्यारेज सञ्चालनमा आएको छ । नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघका उपाध्यक्ष दिनेश राजभण्डारीले फिट्नेस ग्यारेजको शनिबार एक कार्यक्रमबीच उद्घाटन गरे ।

काठमाडौं जिल्ला शारीरिक सुगठन संघका अध्यक्ष सुरेश सुवेदी, महेश डंगोल, पारस शर्मा, विकास कँडेल र अमिर मसलको संयुक्त लगानीमा फिट्नेस ग्यारेज खोलिएको हो । करिब १ करोड ५० लाख लगानीमा फिट्नेस ग्यारेज खोलिएको सञ्चालक मध्येका एक सुवेदीले जानकारी गराए ।

फिट्नेस ग्यारेजमा जिम, कार्डियो, साउना, स्टिम, जुम्बा, एरोबिकलगायतको सुवधा रहेको बताइएको छ । टे«नरका रुपमा मिथुन लामा र अर्जुन लामा रहेका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...