ललितपुरमा सुविधा सम्पन्न टाइटन जिम सञ्चालनमा

टाइटन जिमको उद्घाटन गर्दै शारीरिक सुगठनका प्रथम उपाध्यक्ष एवं पूर्व एआईजी विजयलाल कायश्थ ।

काठमाडौं (खेलदैनिक) । ललितपुरको कुमारीपाटीस्थित लव भवनमा सुविधा सम्पन्न टाइटन जिम एन्ड फिट्नेस शनिबारदेखि सञ्चालनमा आएको छ । शारीरिक सुगठनका अन्तर्राष्ट्रिय जज सुनील राजकर्णिकार र सूर्यकृष्णले करिब १ करोडको लगानीमा फिट्नेस खोलेका हुन् ।

सञ्चालक मध्येका श्रेष्ठले ‘एक घण्टा आफ्ना लागि’ भन्ने उद्देश्यसाथ खोलिएको फिट्नेसमा अन्तर्राष्ट्रिय मापदण्डको सामाग्री राखिएको एरोबिक्स, जुम्बा, साउना, स्टिमलगायतको सुविधा पनि उपलब्ध हुने जानकारी दिए । श्रेष्ठले एक दिनको १ सय २५ रुपैयाँमा फिट्नेसमा रहेको सबै सुविधा प्रयोग गर्न सकिने बताए ।

टाइटन जिमको उद्घाटन अवसरमा सम्मानित अन्तर्राष्ट्रिय पदक विजेता र जजेज कमिटीका सदस्यहरु सामूहिक तस्वीर खिचाउदै ।

नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघका प्रथम उपाध्यक्ष एवं पूर्व एआईजी विजयलाल कायश्थले फिट्नेसको एक कार्यक्रमबीच उद्घाटन गरे । सो अवसरमा अन्तर्राष्ट्रिय पदक विजेताका साथै शारीरिक सुगठन संघअन्तर्गतको जजेज कमिटीका सदस्यहरुलाई पनि सम्मान गरिएको थियो ।

एसियाली शारीरिक सुगठन च्याम्पियनसिपमा स्वर्ण विजेता महेश्वर महर्जन तथा विश्व पावर लिफ्टिङ च्याम्पियनसिपको मास्टर्सतर्फ रजत जितेका ज्ञानेन्द्र नकर्मी र सब जुनियरमा कांस्य जितेका रोजिन नकर्मी सम्मानित भए । जजेज कमिटीका विजयलाल कायश्थसहित गोविन्द चित्रकार, अनिललाल श्रेष्ठ, प्रतापकाजी बरिया र श्याम श्रेष्ठलाई सम्मान गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...