ब्वाइजतर्फ ग्रेट माया सेमिफाइनलमा

साइपाल थ्री बाइ थ्री बास्केटबलको ब्वाइजमा प्रतिस्पर्धा गर्दै खेलाडी ।

काठमाडौं (खेलदैनिक) । ग्रेट माया तेश्रो साइपल कप थ्री बाई थ्री बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ सोमबार सेमिफाइनलमा प्रवेश गरेको छ । ग्रेट मायाले भाइपरलाई २०–१४ ले पराजित ग¥यो । विजयी टिमका लागि सोनाम तामाङले ६ अंक जोडे ।

साइपाल एकेडेमीद्वारा आयोजित प्रतियोगिताको ब्वाइजमै गोल्फुटार, मोर्गन र ए टिम पनि सेमिफाइनलमा स्थान सुरक्षित गर्न सफल रहे ।

गोल्फुटारले बिग बेलर्सलाई १२–८ ले हरायो । गोल्फुटारको जितमा सोनु राईले ४ अंक योगदान गरे । दिपेश लामाको ४ अंक सहयोगमा मोर्गनले बेबिलनमाथि १८–१४ को जित निकाल्यो । ए टिमले किल थ्रीलाई १७–१४ ले पन्छायो ।

सेमिफाइनलमा ए टिमको भेट मोर्गनसंग हुनेछ भने गोल्फुटारले ग्रेट मायाको सामना गर्नेछ । गल्र्सको सेमिफाइनल लुम्बिनी र स्वप्न वाटिका तथा ग्रेट माया र धौलागिरीबीच हुनेछ । सेमिफाइनल र फाइनल मंगलबार हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...